तपाईँ सुन्दै हुनुहुन्छः

एचआईभी पोजेटिभहरुलाई घरघरमै औषधि

चितवन । चितवनमा एचआईभी पोजेटिभहरुलाई घरघरमै औषधि पुर्‍याउने व्यवस्था गरिएको छ ।

भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसन नेपाल क्षेत्रीय कार्यालय भरतपुरले एआरभी औषधि नियमित सेवन गर्ने बिरामीका लागि घरघर औषधि पुर्‍याउँदै आएको हो ।

यस कार्यालयमा नियमित औषधि सेवन गर्ने एक हजार ६ जना रहेका छन्, जस मध्ये ४५ जना बालवालिका रहेका छन् ।

औषधि सेवन गर्दै आएका मध्ये ३० प्रतिशतले अस्पतालमै आएर औषधि लैजाने गरेका छन् भने बाँकी ७० प्रतिशतलाई घरमानै पुर्‍याउने व्यवस्था गरिएको कार्यालयका प्रमुख कृष्णहरि सापकोटाले जानकारी दिनुभयो । अहिले भरतपुर महानगरपालिका र आसपासका पालिकाहरुबाट अस्पतालमा औषधि लिन आउने गरेको भए पनि टाढा टाढाकाहरुलाई कार्यालयले नै पुर्‍याउँदै आएको उहाँले बताउनुभयो ।

यसका लागि सहभागी, चितवन सक्रिय महिला प्रतिष्ठान र लुम्बिनी प्लस नामक संस्थाले सहयोग गरेका छन् । कार्यालयले चितवन, मकवानपुर, वर्दघाट–सुस्ता पूर्व नवलपरासी, वर्दघाट –सुस्ता पश्चिम नवलपरासी, गोरखा, लम्जुङ्, तनहुँ र धादिङ्का कोभिड–१९ को उच्च जोखिममा रहेका सङ्क्रमितहरुलाई घरमानै औषधि पुर्‍याउने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button