तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा थप ३३ जनामा सङ्क्रमण पुष्टि, ६४ जना निको

पाल्पा । पाल्पामा शुक्रवार थप ३३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
शुक्रवार पाल्पामा थप ६४ जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ  ।
संक्रमित हुनेहरूमा १७ जना पुरुष र १६ जना महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा आएको नतिजासँगै पाल्पामा थप ३३ जना कोरोना सङ्क्रमित भएका हुन ।
जिल्लामा हाल ९ सय १ जना सक्रिय संक्रमित रहेका छन् ।
जिल्लामा कोरोना सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button