तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य तोलामा १५ सयले घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ रहेको छ ।

विहीबार छापावाल सुन तोलाको ९४ हजार ९ सय रुपैयाँ कायम भएको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यसैगरी, आज चाँदीको मूल्यमा पनि तोलामा ३५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ३४० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button