तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा एकै दिन १०३ संक्रमित थप

पाँचथर । पाँचथर जिल्लामा बिहीबार एकै दिन १ सय ३ जना कोरोना संक्रमित थप भएका छन् । पाँचथर जिल्लामा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या हालसम्म ३ सय ६६ जना रहेको छ । जिल्लामा हालसम्मको सङ्क्रमितको सङ्ख्या ९ सय ६८ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको  छ ।
जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारदमणि सुवेदीका अनुसार सदरमुकाम फिदिममा मात्रै ५ सय ६९ जना सङ्क्रमितको सङ्ख्या पुगेको छ भने अरू संक्रमित जिल्लाका अन्य सात वटा गाउँपालिकाका रहेका छन् ।
कोरोना संक्रमण नियन्त्रण गर्न पाँचथर जिल्लामा तीन साताअघि देखि निषेधाज्ञा  जारी गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button