तपाईँ सुन्दै हुनुहुन्छः

टोकियो ओलम्पिक कुनै पनि हालतमा सार्न वा रद्द गर्न मिल्दैन : आयोजक 

काठमाडौँ । टोकियो ओलम्पिक आयोजक कमिटीका अध्यक्षले जुलाई को अन्तिममा हुने ओलम्पिक अब कुनै पनि हालतमा सार्न वा रद्द गर्न नमिल्ने बताएका छन् ।
अझै पनि कोरोनाको संक्रमण कायम रहेका बेला टोकियो ओलम्पिक गर्नका लागि कठिन रहेको विभिन्न निकायले भनिरहेका बेला आयोजक प्रमुखले भने कुनै पनि हालतमा प्रतियोगिता रद्द वा स्थगित गर्न नमिल्ने बताएका छन् ।
जापानमा विभिन्न संस्थाले गरेको पब्लिक पोलमा धेरै जसोले ओलम्पिक गर्न नहुने राय दिएका थिए । कोभिडका कारण नै एक बर्ष स्थगित भइसकेको ओलम्पिक फेरी गर्न नहुने आवाज उठेको थियो । यसका लागि अनलाइनबाट नै रद्द गर्नुपर्ने अभियान नै सुरु गरिएको छ ।
जुलाई २३ बाट सुरु हुने प्रतियोगिताका लागि विभिन्न देशले आफ्नो तयारी अन्तिम चरणमा पुगेका छन् । नेपालबाट पनि यो ओलम्पिकमा सहभागी हुने चार जना पक्का भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button