तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुरामा १३ हजार भन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

डडेलधुरा । डडेलधुरामा १३ हजार ८ सय बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । सरकारले सञ्चालन गरेको खोप अभियानमा हाल सम्म १३ हजार ८ सय १७ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय डडेलधुराले जानकारी दिएको छ ।
गत वर्ष माघ १४ गते देखि २४ गते सम्म सञ्चालन गरिएको कोभिड–१९ विरुद्ध खोप अभियानमा यहाँका १ हजार ६१ जनाले खोप लगाएका थिए । त्यस बखत डडेलधुरा अस्पताल र जिल्ला कारागारमा खोप केन्द्र तोकिएको थियो ।
सरकारले तोकेको लक्षित समूह अन्तर्गत माघ २ गते देखी सञ्चालन गरिएको खोप अभियानमा १ हजार ६ सयले खोप लगाएका थिए । फागुन २३ गते देखि चैत ३ गते सम्म यहाँका सात वटै स्थानीय तहमा सञ्चालन गरिएको खोप अभियानमा आठ हजार आठ सय ६९ ले खोप लगाएका थिए ।
खोप अभियानको पहिलो चरणको दोस्रो मात्रा लगाउनेको सङ्ख्या २२ सय ८७ छ । यो अभियान गएको वैशाख १ गते देखि वैशाख १३ गते सम्म सञ्चालन गरिएको थियो ।
खोपको दोस्रो मात्रा लगाउन छुटेकालाई जेठ १६ गते देखी २० गते सम्म स्वास्थ्य कार्यालयमा खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिनुभयो । चार दिनको समयमा छुटेका २ हजार १ सय जनाले खोप लगाएका छन् ।
डडेलधुरामा कोरोना सङ्क्रमणको दर घट्दो
डडेलधुरामा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ ।
जिल्लामा करिब एक सातायता देखि २५ देखि ४० प्रतिशत मात्रै कोरोना सङ्क्रमित देखा पर्न थालेका छन् । कोरोना परीक्षण गराउनेमा ७० प्रतिशतसम्ममा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्लामा पछिल्लो समय भने २५ देखि ४० प्रतिशतमा मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको पाइएको स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले बताउनुभयो ।
जिल्लामा निषेधाज्ञा लागु हुनुका साथै मानिस पनि स्वास्थ्यका मापदण्डको पालना गर्न थालेपछि नयाँ कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी आएको हुनसक्ने समेत स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले बताउनुभयो । यसै गरी अस्पताल आउने बिरामीको सख्यामा कमी आएको छ ।
करिब एक सातायतादेखि कोरोनाका बिरामीहरूको आउने सङ्ख्या भन्दा पनि निको भएर घर जानेको सख्यामा उल्लेख्य वृद्धि भएको छ । डडेलधुरा अस्पतालमा अहिले कोरोनाका बिरामीहरू मध्ये तीन जना भेन्टिलेटरमा १४ जना अक्सिजनमा र ८ जना नर्मल बिरामी रहेको अस्पतालले जनाएको छ ।
एक साताअघि अस्पतालमा झण्डै सय जना भन्दा कम हुदैनथ्ये । उपचारका लागी बेड समेत पाउन छोडेपछि विभिन्न ठाउँमा आइसोलेसन निर्माण भएका थिए ।
डडेलधुरा अस्पतालमा उपचारका क्रममा विभिन्न जिल्लाबाट उपचार गराएर घर फर्किनेको सङ्ख्या झण्डै आठ सय भन्दा बढी रहेका छन् । उपचारका क्रममा अस्पतालमा ६१ जनाले ज्यान गुमाएको अस्पतालका मेसु जगदीशचन्द्र विष्टले जानकारी दिनुभएको छ ।
डडेलधुरा अस्पतालमा हरेक दिन कोरोनाको परीक्षण हुन्छ तर परीक्षण गर्दा २५ प्रतिशत भन्दा बढी कोरोना पोजेटिभका बिरामीहरू देखिदैनन । अस्पतालका मेसु बिष्टका अनुसार लकडाउन उपयुक्त विधि र पछिल्लो समय स्वास्थ्य सामाग्री भेन्टिलेटर,अक्सिजनको अभाव नहुनुले संक्रमित दर घट्दै र निको भएर जानु नै प्रमुख कारण रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button