तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुराको मलासमा खानेपानी पुग्यो, स्थानीय हर्षित

डडेलधुरा । डडेलधुरा जिल्लाको दुर्गम बस्ती मलासमा खानेपानी पुगेपछि स्थानीय निकै हर्षित भएका छन् । डोटी राज्यको ऐतिहासिक महत्त्वको परशुराम नगरपालिका ७ मलास क्षेत्रमा रहेको खानेपानीको अभावलाई परशुराम नगरपालिकाले पुरा गरेपछि दुई सय भन्दा बढी घरधुरी लाभान्वित भएका हुन ।
डडेलधुरा जिल्लाको दक्षिणी भूभागमा रहेको परशुराम नगरपालिकाको पनि दक्षिण एवं उँचाइमा रहेको चुरे मलासमा दुई घण्टा हिँडेर पनि ओसार्नुपर्ने बाध्यता हटेको नगरप्रमुख भीम बहादुर साउँदले जानकारी दिनुभयो ।
परशुराम नगरपालिकाको १ करोड ६ लाख र ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको ५१ लाख गरी जम्मा १ करोड ५७ लाख बराबरको बजेटमा सम्पन्न खानेपानी योजनाबाट दशौं हजार जनसङ्ख्या र माध्यमिक विद्यालय, स्वास्थ्य चौकी लगायत सार्वजनिक संस्थाहरू लाभान्वित भएका छन् । उक्त खानेपानीको उद्घाटन परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउदले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button