तपाईँ सुन्दै हुनुहुन्छः

थप ६ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । आज देशभर कोरोना भाइरसबाट ६ हजार ८ सय २५ जना संक्रमित भएका छन् ।

१८ हजार ५ सय ६२ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा ५ हजार ८ सय २५ जना तथा ३ हजार २ सय ११ वटा नमुनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा १ हजार  जना गरी जम्मा ६ हजार ८ सय २५ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ५ लाख ७६ हजार ९ सय ३६ पुगेको छ ।

देशभरबाट गएको २४ घण्टामा ५ हजार ९ सय ४ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् ।

आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ८१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

देश भरी आज कोरोना सङ्क्रमणबाट ७५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७ हजार ६ सय ३०  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल, नेपालमा १ लाख १ हजार ८ सय ३९ सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button