तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमित एक पुरुषले गरे आत्महत्या

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ५ स्थित रत्न राज्य माविमा सञ्चालित आइसोलेसन केन्द्रमा उपचार गराइरहेको एक पुरुषले आत्महत्या गरेका छन् ।

बलेफी गाउँपालिका वडा न ६ का ५३ वर्षीय रत्नबहादुर तामाङले आइसोलेसन भवनको तेस्रो तल्लाबाट हाम फालेर आत्महत्या गरेका थिए ।

कोरोना भाइरसबाट संक्रमित भएर गत जेठ १७ गतेदेखि केन्द्रमा उपचार गराइरहेका तामाङ उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको आइसोलेसन व्यवस्थापन समितिको संयोजक पुष्पराज तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button