तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त 

 

पोखरा । गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापा पदमुक्त हुनुभएको छ ।

राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य थापालाई दलबाट निष्कासन गरेको जानकारी पार्टीले प्रदेशसभा सचिवालयमा गराएसँगै सभामुख नेत्रनाथ अधिकारीले बिहीबार नै १ बजे सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिनुभयो ।

थापाले पार्टीको निर्णय विपरीत काम गरेको भन्दै कारबाही गरेको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन विपरीत एमालेलाई सहयोग गर्दै आउनुभएको थियो ।

थापा बागलुङ–१ ‘ख’ को बाट प्रत्यक्ष निर्वाचित सांसद थापालाई जनमोर्चाले साधारण सदस्य पनि नरहने गरी एक वर्षको लागि निलम्बन गरेको थियो ।

६० सदस्यीय गण्डकी प्रदेशसभा थापा पदमुक्त भएपछि ५९ सदस्यीय भएको छ । प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद रहेकामा अब २ जना मात्र रहने भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button