तपाईँ सुन्दै हुनुहुन्छः

सेनाका महिला जवानले सुत्केरी महिलालाई रगत दिएर जीवन रक्षा

जनकपुरधाम । कोरोना सङ्क्रमणका कारणले जनकपुरधामको ब्लड बैङ्कमा रगतको अभाव भएको बेलामा नेपाली सेनाका महिला सैनिक जवानले रगत दिएर एक जना सुत्केरी महिलाको जीवन रक्षा गर्नु भएको छ ।
सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिका वडा नंं २ घर भएका श्रीमती रिना देवी गुप्ता सुत्केरी हुने क्रममा शरीरबाट अत्यधिक रगत गएर निक्कै गम्भीर अवस्थामा जनकपुरधामको श्रीराम अस्पतालमा भर्ना रहेकोमा नेपाली सेनाको धनुषा जिल्लाको महेन्द्रनगर स्थित श्रीनाथ गणमा कार्यरत रहेका सैनिक जवान मनिका तामाङ्गले रगत दिएर ज्यान जोगाउनु भएको छ ।
समयमा सुत्केरी महिलालाई रगत उपलब्ध नभएको भए जुनसुकै बेलामा ज्यान जाने खतरा रहेको वेलामा नेपाली सेनाले गरेको रक्तदानको अस्पतालका चिकित्सकहरूले पनि सराहना गर्नु भएको छ ।
सुत्केरी महिलाको जीवन रक्षा गर्ने कामको सुत्केरी महिला र उनका परिवारले नेपाली सेनाको जवान प्रति धन्यवाद दिँदै नेपाली सेनाको मानवीय कार्यमा भएको योगदानको उच्च प्रशंसा गर्दै सम्मान प्रकट गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button