तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आयोगले ठाकुर र यादव दुवै पक्षसँग माग्यो आधिकारिक हस्ताक्षर

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर माग गरेको छ ।
अध्यक्ष ठाकुरले हिजो आफूले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारीसहितको पत्र निर्वाचन आयोगलाई पठाएको तर केन्द्रीय समितिको पदाधिकारीको निर्णयको हस्ताक्षर नबुझाएकाले हस्ताक्षर माग गरेको आयोगका सह प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।
हिजो अध्यक्ष उपेन्द्र यादवले पनि अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाउनु भएको थियो ।
आयोगले दुवै पक्षसँग राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा विवरण पेश गर्न भनेको सह प्रवक्ता धमलाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button