तपाईँ सुन्दै हुनुहुन्छः

लगातारको वर्षाले मकै किसानहरू मारमा

बारा । लगातारको वर्षाले बाराका सयौँ मकै किसानहरू मारमा परेका छन् ।
खेतमै मकै सडेर कालो भएपछि प्रतिक्विन्टल २ हजार ३ सयको दरले बिक्री हुने मकै मुस्किलले प्रतिक्विन्टल १ हजारको दरले बिक्री हुन सक्ने सिम्रौनगढ नगरपालिका वडा नं.८ कचोर्वाका मकै व्यापारी सिकेन्द्र यादवले जानकारी दिनुभयो  ।
नुर महम्मदसहित उनकी पत्नी र छोरी शनिबार खेतमा डुबेको मकैको घोघा पानीबाट टिप्दै थिए । १५ कट्ठामा मकैबालि लगाएका महागढीमाई नगरपालिका वडा नं.८ का किसान नुर महम्मदले वर्षा नभएको भए १ लाखभन्दा बढी रुपैयाँ नाफा हात पार्ने बताउँदै अब मुस्किलले २५ हजार मात्र आउन सक्ने दुखेसो गर्नुभयो ।
कृषि ज्ञान केन्द्र बाराका अनुसार जिल्लाभरमा ८ हजार हेक्टरमा मकै खेती हुने गरेको छ । यसपालीको वर्षाले उत्पादन आधा घट्न सक्ने केन्द्रका प्रमुख जितेन्द्र यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button