तपाईँ सुन्दै हुनुहुन्छः

रहेनन् उज्जल थापा

काठमाडौँ । विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्ज्वल थापाको आज निधन भएको छ ।
आज मेडिसिटी हस्पिटलले एक विज्ञप्ति जारी गर्दै ४ः२५ मा उहाँको उपचारको क्रममा असामयिक निधन भएको जनाएको हो ।
दुई साताअघि कोरोना संक्रमित बनेका थापाको शुरुमा ग्राण्डी अस्पतालमा उपचार भएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थापालाई थप उपचारका लागि मेडिसिटी अस्पतालमा ल्याएर उपचार भइरहेको थियो । भेन्टिलेटरमा राखेर इक्मो प्रविधिबाट उपचार भइरहे पनि स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।
थापाले नेपालमा वैकल्पिक राजनीतिको उद्देश्य राखेर विवेकशील नेपाली दल स्थापना गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button