तपाईँ सुन्दै हुनुहुन्छः

कोभिडको तेस्रो लहर आउन सक्ने आङ्कलन

लन्डन ।  बेलायत सरकारको सल्लाहकार समेत रहेका एक जना वैज्ञानिकले बेलायत कोभिड -१९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिनु भएको छ ।

उहाँले यससँग सम्बन्धित बेलायतमा पछिल्लो समयमा तीन हजार ३८३ जना यस्ता नयाँ सङ्क्रमित भेटिएको भन्दै यस्तो अवस्था रहेका बताएका हुन् ।

तेस्रो लहर ल्याउन सक्ने प्रकारका ब्रिटिस प्रजातिका नयाँ सङ्क्रमितहरू थपिने क्रम जारी नै रहेकोले त्यस्तो अवस्था आएको क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताउनुभएको हो ।

उहाँले बेलायतको वर्तमान अवस्थाका बारेमा भन्नुभएको छ हुन त हाल बेलायतमा देखा परिरहेका सङ्क्रमितहरूको सङ्ख्या थोरै छ तर पनि ती सङ्क्रमितहरूलाई भारतमा भेटिएका भारतीय प्रजातिका सङ्क्रमितहरूका कारणले बल पुग्न पनि सक्छ ।

यस कारणले बेलायतमा कोभिडको तेस्रो लहरको सुरुआत हुन सक्ने अवस्था रहेको छ उहाँले भन्नुभएको छ । उहाँले बिबिसीसँगको कुराकानीमा सोमबार भन्नुभएको थियो कि हुन त अहिले बेलायतमा देखिएका सङ्क्रमितको सङ्ख्या अहिलेको लागि थोरै जस्तो लाग्छ तर पछि गएपछि यी सङ्ख्या पनि धेरै नै हुँदै जानेछन् ।

सुरुमा देखिँदा जुनसुकै भेरिएन्ट पनि सानो सङ्ख्यामा नै देखा परेका थिए र अब तिनै सानोबाट नै धेरैमा फैलिन सक्ने अवस्था हिजोको जस्तो हुन पनि सक्छ– उहाँले भन्नुभएको छ ।

बेलायतमा दुई महिना अघि भेटिएको भनिएको कोभिड १९ को ब्रिटिस भेरिएन्टलाई निकै खतरनाक भनिएको छ ।रासस÷सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button