तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई अङ्कमा झर्‍यो

file photo

बाँके । बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई अङ्कमा झरेको छ । जिल्लाका तीन वटा प्रयोगशालामा सोमबार थप ८० जनामा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या दुई अङ्कमा झरेको हो ।

कुल ३०९ नमुना परीक्षण गर्दा ८० जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।
भेरी अस्पतालको पीसीआर प्रयोगशालामा १९० नमुना परीक्षण गर्दा ४७ जना, मेडिकल कलेज कोहलपुरमा ६४ नमुना परीक्षण गर्दा १९ जना र बागेश्वरी ल्याबमा ५५ नमुना परीक्षण गर्दा १४ जना गरी कुल ८० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरू मध्य ४२ जना बाँकेका छन् ।
१९ जना महिला र २३ जना पुरुष गरी जिल्लाका थप ४२ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ७८ हजार ६९१ जनाको पीसीआर परीक्षण भएको छ ।
आज जिल्लाका १३४ जना डिस्चार्ज भएका छन् । ५१ जना महिला र ८३ जना पुरुष कोभिड सङ्क्रमणबाट निको भएको समितिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button