तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ को बजेट अधिवेशन जेठ २४ गते बोलाउन सिफारिस  

जनकपुरधाम । प्रदेश नंं २ सरकारले जेठ २४ गते बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई आज सिफारिस गरेको छ ।
प्रदेश नंं २ को आज बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्दै बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।
प्रदेश सरकारका प्रवक्तासमेत रहनु भएका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जेठ २४ गते देखि बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकबाट भएको जानकारी दिनुभयो ।
सङ्घीय सरकारले जेठ १५ र प्रदेश सरकारले असार  १ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button