तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा ९ जनाको मृत्यु, ७ सय ४५ नयाँ कोरोना सङ्क्रमित

भैरहवा । रुपन्देही जिल्लामा कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ सय ४५ जना नयाँ कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देही जिल्लामा सबैभन्दा धेरै बुटवल उप–महानगरपालिकामा १ सय ५९ जना महिला, १ सय ६९ जना पुरुष सङ्क्रमित भएका छन् । सिद्धार्थनगर नगरपालिकामा ४४ जना महिला र ५३ जना पुरुष नयाँ सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्क रहेको छ ।
त्यसैगरि तिलोत्तमा नगरपालिकामा ७२ जना महिला, ७८ जना पुरुष, सियारी गाउँपालिकामा ६ महिला, ७ पुरुष थपिएका छन् भने देवदह नगरपालिकामा १९ महिला १२ पुरुष, गैँडहवा गाउँपालिकामा २ महिला, २ पुरुष, मायादेवी गाउँपालिकामा २ महिला १० पुरुष, मर्चवारी गाउँपालिकामा १ पुरुष सङ्क्रमित भएका छन् ।
सैनामैना नगरपालिकामा २८ महिला २८ जना पुरुष सङ्क्रमित थपिएका छन् । ओमसतिया गाउँपालिकामा १० महिला, १३ पुरुष सङ्क्रमित थपिएका छन् भने, कञ्चन गाउँपालिकामा ३ महिला ४ पुरुष संक्रमित भएका छन् । रोहिणी गाउँपालिकामा १ महिला ३ जना पुरुष, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ महिला, सुद्धोधन गाउँपालिकामा ५ महिला, १३ पुरुष, नयाँ सङ्क्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
हाल सम्म रुपन्देही जिल्लामा १६ हजार ९८ जना कोरोना सङ्क्रमित भएका छन् । जसमध्ये १० हजार ३ सय ६७ जना निको भएका छन् भने कुल मृत्यु हुनेको सङ्ख्या २ सय ४२ जना र सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४ सय ८९ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button