तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरसिमरा गोल्ड कप : त्रिभुवन आर्मी क्लबलाई हराउँदै अफ्रिकन रुट्स एसोशियन सेमिफाइनलमा 

बारा ।  बाराको सिमरामा जारी ११औँ जीतपुरसिमरा गोल्ड कपमा अफ्रिकन रुट्स एसोसियनले त्रिभुवन आर्मी क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
सिमरा रङ्गशालामा गए राति भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले स्तब्ध पार्दै पाहुना टोली अफ्रिकन रुट्सले अन्तिम चारको यात्रा तय गरेको हो ।
अफ्रिकन रुट्सको जितमा नजिमिले दुई गोल गरे । आर्मीका लागि जर्ज प्रिन्स कार्कीले गोल फर्काए ।
खेलमा आर्मीविरुद्ध लिएको अग्रता जोगाउन नसक्दा अफ्रिकन रुट्सले जीतका लागि अतिरिक्त समयसम्म सङ्घर्ष गर्नुपर्‍यो । अफ्रिकन रुट्सको जित दुई गोल गरेका नजिमि खेलको म्यान अफ दि म्याच घोषित भए ।
उनले पाँच हजार हात पारे । पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेले । वीरगन्ज युनाइटेड क्लबलाई ४–१ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको आर्मीले अफ्रिकन रुट्सविरुद्ध आकर्षक खेल प्रदर्शन गर्न सकेन । सुरुवातदेखि नै दबाबमा देखिएको आर्मीले अफ्रिकन रुट्सविरुद्ध गोलको खासै अवसर सिर्जना गर्न सकेन । भर्खरै सम्पन्न आहा रारा गोल्ड कपको फाइनल सम्मको  यात्रा तय गर्दै उपविजेता बनेको अफ्रिकन रुट्सले खेल पहिलो हाफमा थुप्रै अवसर बनाए पनि गोलका लागि भने दोस्रो हाफसम्म प्रतीक्षा गर्नुपर्‍यो ।
खेलको ६१औँ मिनेटमा नजिमिले डिबक्स पाएको बललाई जाली चुमाए । आर्मीको रक्षापंक्तिलाई बिट गर्दै नजिमिले गोल गरेपछि आर्मीको समर्थनका लागि रङ्गशाला पुगेका घरेलु दर्शक समेत निराश बन्न पुगे ।
प्रतियोगिता अन्तर्गत आज सशस्त्र प्रहरीको एपिएफ क्लब र बाग्मती ११ सर्लाहीबीच खेल हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button