तपाईँ सुन्दै हुनुहुन्छः

जुम्ली मार्सी चामल र सिमिको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै

जुम्ला । नेपालको खाद्य ब्रान्ड जुम्ली मार्सी चामल र सिमिको अन्तर्राष्ट्रिय बजारमा माग बढ्न थालेको छ ।

स्वादिष्ट र स्वास्थ्यका लागि निकै लाभदायक मानिने जुम्लाको मार्सी चामल, सिमी, कोदो लगायत अन्य कृषि वस्तुको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको हो ।

(लायम फुड कर्पोरेसन) क्यानडाको सहकार्यमा जुम्लाका राज शाहीले एक महिनाभित्र करिब २० टन जुम्ली मार्सी चामल, सिमी, कोदो क्यानडा निर्यात गर्ने तयारी गर्नु भएको छ । करिब ५० लाख भन्दा बढी मूल्यका कृषि बस्तु क्यानडा निर्यातको तयारी भइरहेको जुम्लाका कृषि व्यापारी राज शाहीले बताउनुभयो । पाँच लाख भाडा तिरेर विरगन्जको बन्दरगाहबाट पठाएको ३५ देखि ४० दिनभित्र कृषि बस्तु क्यानडा पुग्ने छ ।

राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा जुम्ली मार्सी, सिमिको माग बढ्दै गएपछि यसको लोकप्रियतासँगै खेतीमा पनि आकर्षण बढेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button