तपाईँ सुन्दै हुनुहुन्छः

सडक दुर्घटना न्यूनीकरण गर्न जेब्रा क्रसिङमा रङ रोगन

तनहुँ । तनहुँको डुम्रे बजार क्षेत्रको जेब्रा क्रसिङ र लाइनिङमा रङ रोगन गरिएको छ ।
तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार इकाइको  आर्थिक सहयोगमा इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे र अस्थायी ट्राफिक कार्यालय डुम्रेको संयोजनमा उक्त कार्य गरिएको हो ।
सडक दुर्घटना हुन न्यूनीकरण गर्ने उद्देश्यले जेब्रा क्रसिङमा रङ रोगन गरिएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख रेशमबहादुर रानाभाटले जानकारी दिनुभयो ।
बजार क्षेत्रमा भिडभाड हुने भएको र मानिसको आउजाउ समेत बढी हुने भएकाले पनि स्पष्ट देखिने गरी रङ रोगन गरिएको हो ।
सडक पार गर्दा जेब्राक्रसिङबाट मात्रै गर्न सचेत गराइने इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button