तपाईँ सुन्दै हुनुहुन्छः

रेडक्रस सोसाइटी रोल्पाको साधारणसभा सम्पन्न

रोल्पा । नेपाल रेडक्रस सोसाइटी रोल्पा को ३३ औँ वार्षिक साधारण सभा शाखाका सभापति डी.वी. घर्तीमगरको अध्यक्षता तथा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगरको प्रमुख आतिथ्यतामा आज लिबाङमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनीका प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगरले रेडक्रस एउटा विश्वव्यापी मान्यता प्राप्त सामाजिक संस्था भएकोले निस्वार्थ समाज सेवामा निरन्तर लागेर रेडक्रसको छवि र गरिमालाई कायम गर्नका लागि सबै रेडक्रसकर्मीहरू सचेत हुनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङको भवन निर्माणको लागी जग्गा दान गर्नुहुने सुनबहादुर पुनमगर र कालु पुनमगर सम्मानित हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button