तपाईँ सुन्दै हुनुहुन्छः

विपन्न पाँच जना विद्यार्थीले पाए न्यानो कपडा  

भोजपुर । भोजपुर नगरपालिका क्षेत्रभित्र रहेका चार विद्यालयमा अध्ययनरत पाँच विद्यार्थीलाई शैक्षिक सामाग्रीसहित न्यानो कपडा प्रदान गरिएको छ ।

जिल्लामा रहेर विकृति र विसङ्गतिको क्षेत्रमा काम गर्दै आइरहेको न्यायशील असल शासन क्लबले १९औँ वार्षिकोत्सवको अवसर पारेर नगरपालिका क्षेत्रभित्र रहेका चार विद्यालयका विपन्न ५ विद्यार्थीलाई शैक्षिक सामाग्रीसहित न्यानो कपडा प्रदान गरेको हो ।

क्लबले स्थापना गरेको अक्षयकोषको ब्याजबाट आएको रकमले बार्षिकरुपमा बिद्यार्थीहरुलाई सहयोग गरिँदै आइरहेको क्वलका अध्यक्ष फबिन्द्र प्रधानले बताउनुभयो ।

यस बर्ष क्लबले भोजपुर नगरपालिका वडा नम्वर ४ दाँवास्थित सिद्धेश्वर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत कल्पना आचार्य, भोजपुर नगरपालिका वडा नम्वर ५ बोखिको पञ्चकन्या माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत मनिका श्रेष्ठ, भोजपुर नगरपालिका वडा नम्वर १२ टक्सारको आदर्श शिशु प्राथमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत उमेश सुबेदी, सोही विद्यालयको कक्षा २ मा अध्ययनरत दिना गुरुङ र भोजपुर नगरपालिका वडा नम्वर ११ आम्तेकमा रहेको गणेश प्राथमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत मौषम कार्कीलाई शैक्षिक सामग्रीसहित न्यानो कपडा प्रदान गरिएको अध्यक्ष प्रधानले जानकारी दिनुभयो ।

क्लबमा स्थापना भएको अक्षयकोषमा हालसम्म एक लाख दुई हजार पाँच सय रकम जम्मा भएको छ ।

अनाथ, गरिब, विपन्न तथा अशक्त विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको अक्षयकोषमा कम रकम भएकाले सबै विद्यार्थीलाई समेट्न नसकिएको क्लबले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button