तपाईँ सुन्दै हुनुहुन्छः

भागरथी भट्टको हत्या प्रकरणको अनुसन्धान जारी 

बैतडी  । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको हत्या भएको तीन दिन बितिसक्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन ।
बलात्कारपछि नै भागरथीको हत्या भएको निष्कर्षतर्फ प्रहरी पुगेको छ । पोष्टमार्टम रिपोर्टले थप जानकारी प्राप्त हुने भए पनि प्रारम्भिक अनुसन्धानबाट बलात्कारपछि नै हत्या भएको प्रहरीको निष्कर्ष छ ।
भागरथीको शवको प्रकृति हेर्दा उनको हत्या नै भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिनुभयो ।
पोष्टमार्टम रिपोर्ट भने आइसकेको छैन । यसैबिच आज पनि बैतडी जिल्ला सदरमुकाम, दोगडाकेदार, मेलौली र पुरचौडीमा हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै युवा, विद्यार्थी र अधिकारकर्मीहरूले आन्दोलन गरिरहेका छन्  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button