तपाईँ सुन्दै हुनुहुन्छः

कस्तो रहँला आगामी मौसम ?

काठमाडौं ।आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

मौसमविद्का अनुसार यो प्रणाली बाहिरिएपछि तापक्रम वृद्धि भई गर्मी शुरु हुनेछ । हाल देशका पहाडी भूभागमा आशिंक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दुई दशमलव सात डिग्री र अधिकतम तापक्रम १८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव पाँच डिग्री र सबैभन्दा धेरै वीरेन्द्रनगरको न्यूनतम तापक्रम आठ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २० गतेः

दिउँसोः देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १,सुदुर पश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भुभागका एकरदुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

रातीः प्रदेश नं ७ र अन्य देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १,सुदुर पश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भुभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ २१ गते

दिउँसोः देशको सुदुर पश्चिम र कर्णालि प्रदेशका पहाडि भू९भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि पहाडि भू९भागमा आंशिक बदली साथै अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भुभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीः देशको पहाडी भू९भागमा आंशिक बदली रहि बाँकि भू९भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भु९भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ २२ गते

दिउँसोः देशको सुदुर पश्चिम र कर्णालि प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकि पहाडि भूभागमा आंशिक बदली साथै अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

उच्च पहाडी तथा हिमाली भुभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ र सुदुर पश्चिम र कर्णाली प्रदेशका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना पनि रहेको छ।

रातीः देशको सुदुर पश्चिम,कर्णालि प्रदेश, लुम्बिनि प्रदेश र बाग्मति प्रदेशका धेरै स्थानहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकि भूभागमा आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भुभागका केहि स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको छ र सुदुर पश्चिम प्रदेश ,कर्णालि प्रदेश, लुम्बिनि प्रदेश र बाग्मति प्रदेशका एक दुइ स्थानमा हल्का बर्षा हुने सम्भाबना पनि रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी

प्रदेश नं १, सुदूर पश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका भूभागहरुमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button