तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु

नेपालगञ्ज । बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।

दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ६ का ६५ बर्षीय पुरुषको गएराति भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि गएका ८६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button