असहाय तथा असक्तलाई कम्बल वितरण
विराटनगर । नेपाल वैश्य युवासंघ मोरङले घरबार विहीन भएर सडक पेटीमा बस्दै आएका असक्त तथा बेसहारालाई आज न्यानो कपडा कम्बल वितरण गरेको छ ।
विराटनगरका विभिन्न स्थानका सडक पेटीमा बस्दै आएका तथा मागेर जीवन गुजारा गरिरहेको २० जना असक्त तथा असहायलाई वैश्य युवासंघले कम्बल वितरण गरेको हो । संघका अध्यक्ष गणेशकुमार साहले उनीहरूलाई कम्बल वितरण गर्नु भएको हो ।
केही दिन देखी अत्यधिक चिसो बढेपछि विराटनगर बसपार्क, शनीमन्दिर, कोशी अस्पताल, तिनपैनी तथा नोबेल अस्पताल चोक लगायतका स्थानमा असक्त असहायलाई कम्बल वितरण गरेको साहले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्