२०७८ साल मंसिर ११ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

तीन करोड ६५ लाख भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

रेडियो नेपाल २०७७ पुष १४ गते ८:१०

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँचजनाविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इन्जिनीयर पाण्डवप्रसाद देव, महादेव खिम्ती मैनाचुली जेभीका प्रमुख रवि सिंह र प्रबन्ध निर्देशक मदनकुमार अधिकारी तथा सोही निर्माण कम्पनीका प्रतिनिधि सन्तोष प्रधानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

ग्याबिन तार जालीमा घोटाला भएको पाइएको भन्दै छानबिन गर्दा अनियमितता भएको पाइएपछि आयोगले गरेको छानबिनमा रु तीन करोड ६५ लाख नौ हजार ४५६ बराबरको बदमासी भेटिएको हो । आयोगले आरोपी सबैलाई बिगोअनुसारको कारबाहीको माग दाबी गरेको छ ।

सम्बन्धित