२०७८ साल मंसिर १७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

मिर्गाैलापीडितलाई १३ लाख सहयोग

रेडियो नेपाल २०७७ पुष १० गते १०:१०

बलेवा। मालिका सेवा समाज बागलुङले यहाँको विपन्न परिवारका मिर्गौलापीडित सन्तोष किसानको उपचारका लागि करिब रु १३ लाख सहयोग गरेको छ । जिल्लाको बागलुङ नगरपालिका–५, मालिकाका मिर्गाैलापीडित सन्तोषको उपचारका लागि समाजले सङ्कलन गरेको नगद रु १२ लाख ७३ हजार ७१८ सहयोग गरेको हो । समाजका संरक्षक तथा पूर्वराज्यमन्त्री रामजीप्रसाद शर्मा र समाजका अध्यक्ष दुर्गा कुँवरले सो रकम बिरामीका दाजु नवीन किसानलाई एक कार्यक्रमकाबीच बुधबार हस्तान्तरण गर्नुभयो ।

समाजका कोषाध्यक्ष दुर्गा केसीका अनुसार उक्त रकम मालिका सेवा समाज बागलुङबाट रु तीन लाख ३६ हजार १५१, मालिका सेवा समाज पोर्चुगलबाट रु एक लाख २७ हजार ४७०, युकेबाट रु एक लाख ८५ हजार ९२०, कोरियाबाट रु एक लाख ५३ हजार ९११, दुबईबाट रु एक लाख ३० हजार, कतारबाट रु ८९ हजार ८५२, साउदी अरबबाट रु ८२ हजार ११०, भारतबाट रु ५८ हजार ३०४, स्थानीय समन्वयबाट रु ९० हजार र मालिका वडा कार्यालयबाट रु २० हजार नगद सहयोग प्राप्त भएको जानकारी दिनुभयो ।रासस

सम्बन्धित