तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीका चन्दलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्रदान

बैतडी । बैतडीका धिरेन्द्रबहादुर चन्दलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने सो पुुरस्कार यस वर्ष बैतडीको पाटन नगरपालिका–९ का चन्दले प्राप्त गर्नुभएको हो । उहाँले नगद १ लाखसहित प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।

जीवशास्त्री समेत रहनुभएका चन्द सुदूरपचिममा रहेर वन वातावरण र वन्यजन्तुको अनुसन्धान र संरक्षणमा क्रियाशिल हुनुहुन्छ । पुरस्कार प्राउँदा थप प्रेरणा मिलेको चन्दले बताउनुभयो ।

वन तथा वन्यजन्तुको संरक्षणमा स्थानीय सरकारहरुले पनि पहल लिनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button