तपाईँ सुन्दै हुनुहुन्छः

बारामा ५ जुवाडे पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय बाराले पाँच जुवाडेहरुलाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका वडा नं.४ हजारी मार्केटस्थित शाह गेष्ट हाउसमा जुवा खलिरहेको समयमा जुवाडेहरूलाई पक्राउ गरिएको हो ।

विशेष सूचनाका आधारमा गएको प्रहरी टोलीले गेष्ट हाउसको २०२ नम्बर कोठामा जुवा कौडा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

जुवा खालबाट नगद ३ लाख १४ हजार ३ सय ५७ रुपैयाँ र १६ थान कौडा बरामद गरिएको बारा प्रहरी प्रवक्ता मिश्रले बताउनुभयो |

प्रतिक्रिया राख्नुहोस्

Back to top button