तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ सरकारले तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्धार गर्दै

विराटनगर । प्रदेश १ सरकारले तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्धार गर्ने भएको छ ।

सडक मानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम अन्र्तगत पुस ९, १० र ११ गते भित्रमा झापा, मोरङ र सुनसरीका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावक विहिन) सडक मानवहरुको उद्धार गर्न लागेको हो ।

सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै मानव सेवा आश्रमसँगको सहकार्यमा पुस ७ र ८ गते तीन जिल्लाका सडक बालबालिका र पुस ९ देखि ११गते सम्म मानसिक रोगी, असहायहरुको उद्धार गर्ने जनाएको छ । तीन जिल्लाका बेसहारा भइ सडकमा आश्रीत करिब सवासय अशक्त असहाय हरुलाई उद्धार गर्न लागिएको समाजिक विकासमन्त्री जिवन घिमिरेले बताउनुभयो ।

मानव सेवा आश्रमले पुस ७ देखि माघ ७ गतेसम्म राष्ट्रिय उद्धार कार्यक्रम (मेची–महाकाली) सञ्चालन गर्दैछ । अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने कार्यक्रम रहेको मानव सेवा आश्रम प्रदेश १ का संयोजक नवराज केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button