तपाईँ सुन्दै हुनुहुन्छः

दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकृुमार भट्टराईले मन्त्रालय मातहतका विकास समितिलाई दुई महिनाभित्र सम्पत्ति विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिनुभएको छ ।

पर्यटन मन्त्रालय अन्र्तगतका संस्कृत सम्बद्ध निकाय (विकास समिति)सँग आज भएको अन्तरक्रियामा मन्त्री भट्टराईले गुरु योजना निर्माण भए मन्त्रालयमा पेश गर्न तथा नभए तत्काल निर्माणको कार्य थालनी गर्न आग्रह गर्नुभयो ।

मन्त्री भट्टराईले विकास समितिहरुलाई छाता ऐन बनाएर एकीकृत गर्ने योजना रहेको बताउँदै विकास समितिले मितव्ययिता अपनाउन र भेटिपाती पारदर्शी तथा व्यवस्थित गरी लेखा परीक्षण अनिवार्य गर्न र बेरुजु फस्र्यौट गर्नेतर्फ लाग्न पनि निर्देशन दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button