२०७८ साल मंसिर २२ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले २०२१, मार्चमा ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने

अजय बम २०७७ पुष १ गते १८:३४

काठमाडौं । नेपालले सन् २०२१ को मार्चमा ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने भएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत दोस्रो सिरिजमा नेपालले ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने भएको हो । कोरोना माहामारीको कारण स्थगित भएको क्रिकेट विश्वकप लिग २ को तालिका आईसीसीले पुनः सार्वजनिक गरेको छ ।

तालिका अनुसार नेपालले मार्च १९ देखी २८ सम्म ओमानमा ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने छ । यस्तै, सन् २०२२ को फेब्रुअरीमा नेपालले घरेलु मैदानमा पीएनजी र युएईलाई आतिथ्यता गर्नेछ । यसअघि नेपालले सन् २०२१ जुलाईमा स्कटल्याण्डमा नामिबियासंग सिरिज खेल्ने छ ।

सन् २०२२ को जुलाईमा नेपाल अमेरिकाको भ्रमणमा निस्कने छ । जहाँ नेपालले अमेरिका र ओमानको सामना गर्नेछ । सन् २०२२ को सेप्टेम्बर २२ देखि अक्टोबर २ सम्म पीएनजीमा नेपालले खेल्नेछ । जहाँ युएई समेत सहभागी हुनेछ ।

सन् २०२३ मा समेत नेपालले नामिबिया र स्कटल्याण्डको आतिथ्यता गर्नेछ । लिग २ अन्तर्गत अन्तिम सिरिजमा नेपालले सन् २०२३ को फेब्रुअरीमा युएईमा, पीएनजी र युएईसंग खेल्दै लिग २ समापन गर्नेछ ।

कोरोना माहामारीको कारण स्थगित भएको लिग २ का थप ९६ खेलको तालिका आईसीसीले सार्वजनिक गरेको छ । खेलहरु सन् २०२१, २०२२ र २०२३ को सुरुवातमा समापन हुने गरी १४ सिरिजमा विभाजन गरिएको छ ।

लिग २ का २१ त्रिदेशीय एकदिवसीय सिरिज पश्चात शीर्ष ३ राष्ट्रले आईसीसी क्रिकेट विश्वकप छनोटको लागि स्थान बनाउने छन् । पुछारमा रहेका ४ राष्ट्रले ग्लोबल छनोटबाट आउँने राष्ट्रसंग विश्वकप छनोटको प्लेअपÞm खेल्नु पर्नेछ ।

नेपालले लिग २ अन्तरगत गत फेब्रुअरीमा ओमान र अमेरिकासँग घरेलु मैदानमा सिरिज खेलेको थियो । घरेलु सिरिजमा नेपालले २ खेलमा जित हात पार्दा २ मा हार ब्यहोरेको थियो ।

सम्बन्धित