तपाईँ सुन्दै हुनुहुन्छः

‘विकास निर्माणका काममा दलगत राजनीतिको प्रभाव पर्न हुँदैन’

काठमाडौं । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले विकास निर्माणका काममा दलगत राजनीतिको प्रभाव पर्न नहुने बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले विकास निर्माणका कामलाई राजनैतिक खिचातानी र विबादको विषय बनाउन नहुने बताउनुभयो ।

मन्त्रालयले आगामी माघ मसान्त सम्ममा ललितपुरको गोदावरीमा निर्माण भईरहेको ३ हजार सिट क्षमताको सभाहलको निर्माण सम्पन्न गर्ने जानकारी दिएको छ ।

यसैगरी पत्रकार सम्मेलनमा काठमाडौ उपत्यकाको फोहर व्यवस्थापनका लागि बञ्चरे डाँडामा निर्माण भईरहेको ल्याण्डफिल साईडको पहिलो सेलको निर्माण कार्य अन्तिम चरणमा पुगेको र दोस्रो सेलको काम समेत तीव्र गतिमा भईरहेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद दवाडीले जानकारी दिनुभयो ।

यसैगरी मन्त्रालयले सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत हालसम्म ३ हजार २ सय ५५ वटा घरको फुसको छानो विस्थापित गरी जस्ता लगाउने काम सम्पन्न भएको र आगामी दुई महिनामा थप ३७ हजार ५ सय लाभग्राहीको पहिचान गरी काम अगाडि बढाउने लक्ष्य रहेको प्रवक्ता दवाडी ले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button