तपाईँ सुन्दै हुनुहुन्छः

विवाहमा बजाउने परम्परागत बाजा लोप हुने अवस्थामा

वीरगंज । बारा, पर्सा लगायत तराईका जिल्लाहरुमा बैबाहिक कार्यक्रममा बजाइने परम्परागत बाजाहरु लोप हुने अवस्थामा पुगेका छन ।

बिगत केहि बर्षदेखि पर्साको ग्रामीण भेगमा हुने बैबाहिक कार्यक्रममा बिभिन्न आधुनिक बाजाहरुको प्रयोग बढ्दै गएको छ । ग्रामिण क्षेत्रका अधिकांश विवाहमा डिजे, सात सहेलिया, बैण्ड बाजा लगायतका मनोरञ्जनका साधनहरु प्रयोग भइरहेका छन ।

बिभिन्न भोजपुरी गीतहरुमा तेस्रो लिङ्गीहरु र जन्तिमा सहभागी रहेका यूवाहरु नाच्ने गरेको पाइन्छ । विवाहका बाजा र तडकभडकका कारण जन्तीमा महिलाहरुको सहभागिता पनि कम हुने गरेको पटेर्वा सुगौली गाउपालिका वडा वडा नं ३ देकुली निबासी भागवत प्रसाद चौधरीले बताउनु भयो ।

साथै जन्तीमा मनोरञ्जनका लागि बजाइने गीतहरु एकदमै ठूलो स्वरमा बजाइदा समाजमा रहेका बृद्ध तथा रोगीहरुको स्वास्थ्य अवस्थामा पनि नकारात्मक असर पुर्याउने गरेकाले यस्ता बाजा बजाउन प्रतिबन्ध लगाउन जरुरी रहेका चौधरीले बताउनुभयो ।

विवाहमा तराईमा परम्परागत रुपमा बजाइने बाजाको रुपमा रहेका हेला खुर्दुक, ढाक तासा तथा सिग्हे बाजाको प्रयोग घटदै गएको छ ।

परम्परागत रुपमा बैबाहिक कार्यक्रमका सहनाई बजाइने हेला खुर्दुक तथा हिन्दु धर्म ग्रन्थमा अनुसार सिग्हे बाजा अहिले लोप हुने अवस्थामा पुगेको छ ।

बीरगंज महानगरपालिका वडा नं ३१ भेडिहारी निवासी ६५ बर्षीय दुखी राम चमार हेला खुर्दुक बाजा समूहका नगारा बजाउछन । चमारका अनुसार आजका साउण्ड बक्स, डिजे, बैण्ड बाजा तथा अन्य बाजाका कारण पुराना बाजाहरुको प्रयोग घटेका बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button