तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक पर्यटक प्रवर्द्धन गर्न “जाऊँ है पोखरा” अभियान

 
बारा । आन्तरिक पर्यटक प्रवर्द्धन गर्न गण्डकी प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरूले “जाऊँ है पोखरा” भन्ने नाराका साथ बाराको पर्सा राष्ट्रिय निकुञ्ज अवलोकन तथा छलफल गरेका छन् ।
कोरोना भाइरस (कोभिड–१९) कारण खस्किएको होटल तथा पर्यटन व्यवसायलाई उकास्न र आन्तरिक पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले गण्डकी प्रदेशका पर्यटन व्यवसायीहरू बाराको सिमरा आएका हुन् । आन्तरिक पर्यटक प्रवर्द्धन गर्न गण्डकी प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरूले ‘जाऊँ है पोखरा’ भन्ने नाराका साथ बाराको पर्सा राष्ट्रिय निकुञ्ज अवलोकन तथा छलफल गरेका छन् ।
पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष विकल तुलाचनले कोरोना महामारीका कारण विदेशी पर्यटक आउने वातावरण नभएकाले आन्तरिक पर्यटक नै पर्यटन व्यवसायको मुख्य आधार र दिगो भएकाले “जाऊ है पोखरा” भन्ने नाराका साथ बारावासीलाई पोखरामा घुम्नलाई निम्तो दिइएको बताएका छन् ।
छलफलमा कोभिड–१९ का कारण धराशायी भएको होटल तथा पर्यटन व्यवसायलाई उकास्न आन्तरिक पर्यटन नै मुख्य माध्यम  भएको उहाँहरूले बताउनु भएको छ   । व्यवसायीहरूले कोभिड–१९ कारण पर्यटन व्यवसाय ठप्प  भएपछि  आर्थिक रुपमा धराशायी हुँदै गएको बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button