तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी विकासको गुरु योजना पुरा हुँदै 

 
भैरहवा । लुम्बिनी विकासको गुरु योजना अनुसार दुवै तर्फबाट प्रवेश र निकासका द्वारहरू निर्माण गर्ने उद्देश्यका साथ लुम्बिनीमा लुम्बिनी गेटको शिलान्यास भएको छ ।
लुम्बिनी विकास कोषको गुरु योजना अनुसार गुरु योजनाको उत्तरी प्रवेश मार्ग पर्सा लोह्खडिया खण्डको सडकको शुभारम्भ गरी लुम्बिनी गेटको शिलान्यास गरिएको छ ।
गेटको शिलान्यास गर्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले लुम्बिनी विकास कोषको मास्टर प्लान छिटो सम्पन्न गर्नुपर्छ भनेर पदाधिकारीहरू उपाध्यक्ष, लुम्बिनी प्रदेश सरकारको चासोका साथ सम्पन्न गर्नुपर्छ भनेर प्रधानमन्त्री, पर्यटनमन्त्रीसंग कुरा राखेको बताउनु भएको छ ।
मन्त्री गिरीले यो काम छिट्टै गर्नुपर्छ भनेर प्रधानमन्त्री समेत दत्तचित्त भएर चाँडो गर्नुपर्छ भनेर निर्देशन दिएको बताउँदै लुम्बिनी प्रदेश सरकारको तर्फबाट लुम्बिनी विकास कोष र यस सँग जोडिएका विभिन्न पर्यटकीय र सांस्कृतिक आयोजना लिएको बताउनुभयो ।
प्रोफेसर केंजो टांगेको ४२ वर्ष पहिलेको लुम्बिनी विकासको गुरु योजना पुरा हुन लागिरहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेस कुमार त्रिपाठीले बताउनु भएको छ ।
त्रिपाठीले नेपालमा यति ठुलो सम्भावना भएको कुनै परियोजना नभएको बताउनुभएको छ । राज्यको, जनताको र विश्वको समेत चासोको आकर्षणको केन्द्र लुम्बिनी रहेको बताउनुभयो ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानु राजा शाक्यले लुम्बिनी विकास कोषको गुरु योजना २÷३ वर्षमा सम्पन्न गर्न लागिएको बताउनुभयो । प्रधानमन्त्री र रुपन्देही जिल्लाका समेत रहेको कारण अर्थमन्त्रीको समेत पूर्ण साथ सहयोग रहेका कारण लुम्बिनी विकासको गुरु योजना केही वर्षमा नै पुरा हुन थालेको शाक्यले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button