तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा ४ सुविधायुक्त सामुदायिक भवन बन्दै

जुम्ला । जुम्लामा पछिल्लो समय पूर्वाधार निर्माणले गती लिन थालेको छ । सरकारी तथा गैरसरकारी निकायहरुको लगानीमा यहाँका गाउँगाउँमा पक्की नम्ना भौतिक संरचना एकपछि अर्को गर्दै थपिन थालेका छन् । जसमा जुम्लाका तीन स्थानीयतहमा करोडौको लागतमा समुदायमा आधारित व्यवसायीक प्रयोजनका लागि ४ वटा सामुदायिक सेवा भवन निर्माण हुदैछन् ।

व्यवसायीक प्रयोजन, सामुहिक छलफल गर्न, सुविधा सम्पन्न तालिम हल, कफि सेन्टर, कोसेली घर सहितको नमुना पक्की भवन निर्माण हुदैछन् । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र तथा पेश नेपाल जुम्लाको प्राविधिक सहयोगमा जिल्लाका तीन स्थानीयतहमा ४ वटा नमुना सामुदायिक सेवा भवन निर्माण हुन लागेका हुन् ।

जसमा १ करोडको लागतमा तातोपानी गाउँपालिका ३ पालिकाको केन्द्र लिताकोटमा, १ करोड ३९ लाखमा तिला गाउँपालिका ९ मानेचौरमा, १ करोड लागतमा पुनः तिला २ पातरसाँघुमा भवन निर्माण शुरु भईसकेको छ । भने, हिमा गाउँपालिकामा १ करोडको लागतमा निर्माण हुने भवनका लागि जगा टुंगो नलागेका कारण रोकिएको छ । तत्तकालै केहि दिन भित्र जगा प्रक्रिया मिलाएर निर्माण शुरु गर्ने तयारी छ । ४ वटा भवन ४ करोड २९ लाखमा निर्माण हुदैछन् ।

समुदायमा उपयुक्त ठाउँ, लगानीको अभावमा उद्यम गर्न चाहने यूवा पनि खुम्चीएका छन् । अर्गानिक रैथाने अन्नबाली कोसेली घर नहुँदा घरमै कुहिएको छ । नियमित छलफल, बहस भलाकुसारी गर्ने उपयुक्त ठाउँ नहुँदा गाउँगाउँबीच दंग भईरहेका छन् ।

तर दुर्गम गाउँघरका यी समस्या समाधान, यूवालाई उद्यमशिलता तर्फ बढाउन, रैथानेबालीको प्रर्वद्धन गर्न, ग्रामिण पर्यटन प्रर्वद्धन गर्ने लगायतका बहुउदेशीय लक्ष्यका साथ ४ करोड ३९ लाखको लागतमा ४ वटा सामुदायिक सेवा भवन निर्माण गर्न थालेको पेश नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताउनुभयो ।

तिला गाउँपालिका २ पातरसाँघुमा भवन निर्माण दुर्ग गतीमा भईरहेको छ । तिलाका अध्यक्ष रतननाथ योगीले समुदायका उद्यम गर्न चाहाने यूवाहरुले भवन प्रयोग गर्न सक्ने बताउनुभयो । कुनै व्यक्ति, निकायलेको स्वार्थ भन्दा सर्वसाधारणको हितका लागि सामुदायिक भवन प्रयोग हुने उहाँको भनाइ छ । अध्यक्ष योगीले भन्नुभयो, “मझौला उद्योग संचालन गर्न सकिने क्षमताको सोलार पावर समेत जडान हुनेछ । निर्माण पश्चात सामुदायिक सेवा भवनलाई व्यवसायीक प्रयोजनका लागि पनि रुपमा यूवा किसानहरुले प्रयोग गर्न सक्ने छन् ।”

यता तातोपानी गाउँपालिका ३ का वडाध्यक्ष डिल्ली रावलले पेश नेपालले पालिकाको पूर्वाधार विकासमा इट्टा थपेको बताउनुभयो । उहाँले भन्नुभयो, “भर्खर पालिका भवन निर्माणका लागि जगा पास गरेका थियौ । शुरुमै विकास साझेदार निकायबाट डेढ करोडमा पक्की भवन बन्दै छ । साढे दुईतलाको भवनमा व्यवसायीक देखि कार्यालय प्रयोजनका लागि राहत हुने भएको छ ।”

विकास साझेदार निकायले अन्य क्षेत्रमा भन्दा पूर्वाधार विकासका क्षेत्रमा लगानी गरेको खण्डमा भविष्य सम्म संस्थाको योग्दान जिवित रहने वडाध्यक्ष रावलको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button