तपाईँ सुन्दै हुनुहुन्छः

थप २५७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, १७९८ जना सङ्क्रमण मुक्त

काठमाडौँ । देशभर आज थप दुई हजार पाँच ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप दुई हजार पाँच ७१  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो  । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख ९७ हजार २४ पुगेको छ ।
त्यस्तै  देशभर आज एक हजार सात सय ९८ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या एक लाख ५९ हजार सात सय २४ जना रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा थप १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या एक हजार एक सय २६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button