तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधामबाट जुवा खेलिरहेको अवस्थामा ८ जुवाडे पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले जनकपुरधामको एक होटलमा जुवा खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।

जनकपुरधामको वडा नंं ५ राजदेवी मन्दिरको पछाडी पट्टी रहेको डि के होटलवाट ३ थान ताज बुक तथा १ लाख ६३ हजार ६ सय ६० रुपैयाँ नगद पनि उनीहरुवाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

हिजो साँझ पक्राउँ परेकाहरुमा जनकपुरधाम उपमहानगरपालिका वडा नंं ४ बस्ने वर्ष ४० को गणेश साह, सोही वडाका वर्ष ३४ को बेचन साह, वडा नंं ५ का वर्ष ३७ को कैलाश प्रसाद गुप्ता, वडा नंं ५ का वर्ष ३५ को सजिप ठाकुर, वडा नंं ५ का वर्ष ४३ को दिलिप मण्डल (होटल साहु) रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ पर्ने अन्य व्यक्तिहरुमा वर्ष ४६ को विनय साह, वडा नंं ५ वर्ष ४५ को वद्री साह र सोही वडाका वर्ष २४ को शिवु मण्डल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button