तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीका १३ ठाउँमा हात धुने स्टेसन

बैतडी  । बैतडीका विभिन्न स्थानमा हात धुने स्टेसन स्थापना गरिएका छन् ।
साबुन पानीले मिचिमिची हात धुने बानीको विकास गर्न र कोरोना भाइरसको जोखिमबाट बचाउनका लागि बजार क्षेत्रमा हात धुने स्टेसन स्थापना गरिएका हुन् ।
अक्सफाम नेपालको सहयोगमा रुडेस बैतडीले सञ्चालन गरिरहेको सरसफाइका लागि व्यवहार परिवर्तन कार्यक्रम अन्तर्गत हात धुने स्टेसन स्थापना गरिएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिनुभयो ।
 हात धुने स्टेसनमा ५ सय लिटरको पानी ट्याङ्की राखिएको छ भने खुट्टाले चलाउँदा पानी र हेण्डवास जेल आउने व्यवस्था गरिएको जोशीले बताउनुभयो ।
हात धुने स्टेसन स्थापनका लागि एक ठाउँमा कम्तीमा ५५ हजार रुपैयाँ खर्च भएको जोशीले जानकारी दिनुभयो । कोरोना भाइरसको जोखिमबाट बच्नका लागि साबुन पानीले मिचिमिची हात धुने बानीको विकास गर्नका लागि हात धुने स्टेसन स्थापना गरिएका बताइएको छ ।
यस्तै दशरथचन्द नगरपालिकाका ११ ओटै वडामा १ हजार घरधुरीलाई टुठी सहितको बाल्टी वितरण गरिएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button