तपाईँ सुन्दै हुनुहुन्छः

खुकुरी देखाएर गहना लुटपाट गर्ने पक्राउ

पाल्पा । पाल्पाको रामपुरमा खुकुरी देखाएर सुन र नगद लुटपाट गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । रामपुर नगरपालिका –८ ढकालचौपारी बस्ने ६९ वर्षीय मनकुमारी श्रेष्ठको घरबाट लुटपाट गरेको अभियोगमा उनकै बुहारी राममाया श्रेष्ठ र माधव पंगेनी पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
गएको मङ्गलवार बिहान साढे १ बजेको समयमा रामपुरमा १२ लाख रुपैयाँ बढीको सुन र नगद लुटपाट भएको थियो । पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीका अनुसार वर्ष ३५ की घरकै बुहारी राममाया र वर्ष ३० को माधव पंगेनीको मिलेमतोमा योजना बनाइ डाँकाचोरी गरी लुकाइ छिपाइ राखेको गहना र नगद प्रहरीले बरामद गरेको छ ।
प्रहरीका अनुसार मनकुमारीको घरबाट नगद ३ लाख ५८ हजार रुपैयाँ र करिब ९ लाख ५ हजार रुपैयाँ बराबरको सुनका गरगहना लुटपाट भएको थियो । पक्राउ परेका अभियुक्तहरूलाई डाकाचोरी मुद्दा अन्तर्गत अनुसन्धान  जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button