तपाईँ सुन्दै हुनुहुन्छः

बिधुत प्राधिकरणका इन्जिनियर १० लाख घुस रकमसहित पक्राउ

मकवानपुर । नेपाल बिधुत प्राधिकरण हेटौंडा बितरण केन्द्रमा कार्यरत नवौं तहका इन्जिनियर इश्वरीप्रसाद जैसवाल नगद रकमसहित फत्राउ परेका छन् ।

हेटौंडाको बसपार्कमा रहेको एक होटलमा एक ठेकेदारसँग काम मिलाइदिने शर्तमा १० लाख रुपैयाँ लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले घुस रकमसहित जैसवाललाई नियन्त्रणमा लिएको हो ।

हेटौंडा नवलपराशीको बर्दघाट बिधुत प्रसारण आयोजनामा कार्यरत जैसवालका बिषयमा थप अनुसन्धान जारी रहेको अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयका प्रमुख बावुराम खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button