तपाईँ सुन्दै हुनुहुन्छः

बाइडेन जीत तर्फ अग्रसर, कुुनै चमत्कार नभए ट्रम्पको आशा क्षीण

काठमाडौँ- अमेरिकाको राष्टपति निर्वाचनको मत गणनाको अहिले सम्मको नतीजमा डेमोक्र्याट उम्मेदवार जो वाइडेनले १० इलेक्ट्रोल मत रहेको विसकन्सिनमा विजय हासिल गरि २५३ इलेक्टोल मत सहित अग्रता लिनु भएको छ ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि कुल ५३८ मध्ये २७० इलेक्टा्रेल मत चाहिनेमा अव बाइडेनलाइ १७ मतको मात्र आवश्यकता रहेको छ ।
बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिले सम्म २१४ इलेक्ट्रोल मत मात्र प्राप्त गर्नु भएको छ ।

केही राज्यहरुको मत गणना बाँकी रहेकोले अहिले नै एकिनका साथ भन्न नसकिए पनि बाइडेनको जीत केही प्रष्ट हुँदै गएको छ । बाइडेन स्वयंले पनि अब आफ्नो जीत प्रयट हुँदै गएको बताउनु भएको छ ।

अव ६ राज्यको मात्र नतीजा आउन बाँकि छ ।नतीजा आउन बाँकी ६ राज्यहरुमा २० इलेक्ट्रोल मत रहेको पेन्सिलभानिया, १६मत रहेको जर्जिया, १५ मत रहेको नर्थ क्यारोलिना, ११ मत रहेका एरिजोना, ६ मत रहेको नाभेदा र ३ मत रहेका अलाक्सा रहेका छन् ।

ती सवै जम्मा गर्दा अझै ७० इलेक्टा्रेल मतको छिनोफानो हुन बाँकी छ जसमा वाइडेनलाइ जीत्नका लागि आव १७ मत मात्र चाहिन्छ भने ट्रम्पलाइ ५६ मत चाहिन्छ ।

ती बाँकी राज्यको जारी मत गणनाको अहिले सम्मको नतीजा हेर्ने हो भने ट्रम्पले पेन्सिलभानिया, नर्थ क्यारोलिना र जर्जियामामा अग्रता लिइ रहनुभएको छ र ती सवै राज्यमा आन्तिम सम्मै अग्रता राख्न सके पनि उहाँले ५१ मत मात्र प्राप्त गनु हुनेछ जव कि उहाँलाइ जीत्नको लागि अव ५६ मत चाहिन्छ । त्यसको अर्थ उहाँले थप अर्काे एक राज्यमा पनि जित्नु पर्ने हुन्छ जहाँ उहाँले अग्रता लिन सक्नु भएको छैन ।

बाइडेनले भने नाभेदा, एरिजोना र अलाक्सामा अग्रता लिइ रहनुभएको छ र ती सवै राज्यमा अन्तिम सम्मै अग्रता कायम राखे उहाँले थप २० मत प्राप्त गरि २७३ पुरयाउनु हुने छ जुन विजयी हुन आवश्यक न्यूूनतम थ्रेसहोल्ड २७० सजिलै पार हुन्छ ।अहिले सम्म गणना भएका पुपुलर मतमा पनि बाइडेन भारि मतान्तरले अघि हुनुहुन्छ, यद्यपी पपुलर मत बढी हुँदैमा निर्वाचन जीत्ने सुनिश्चित भने हुँदैन ।

पछिल्ला नतीजाहरुले बाइडेनको क्याम्पमा उत्साह छाएको छ भने ट्रम्पको क्याम्पमा निराशा। अहिले सम्मको स्थिति हेर्दा अव कुनै ठूलै चमत्कार नभइ ट्रम्पले जीत्ने देखिंदैन ।

पहिले देखि नै हुलाकबाट मत खसाल्ने बिधिको बिरोध गर्दे आउनु भएका ट्रप्ले आफू हारे परिणाम अस्वीकार गरि कुनै राजनैतिक संकट निम्त्याउन सक्ने देखिन्छ । उहाँले विसकन्सिन, पेन्सिलभानिया, जर्जिया र मिसिगनको मतगणनामा धाँधली भएको भन्दै उजूरी हालि सक्न भएको छ ।

केही साता अघि, निर्वाचन हारे पनि ह््वाइट हाउस नछाड्ने अथवा शान्तिपूर्ण सत्ता हस्तान्तरण नगर्न पनि सक्ने अभिब्यत्ति दिएर बिवादित हुनु भएका ट्रम्पले जजनवरी २० को निर्धारित समयमा सत्ता हस्तान्तरण नगरे संबैधानिक संकट समेत उत्पन्न हुन सक्ने देखिन्छ ।

बाइडेनले आफ्नो जीत प्रष्ट हुँदै जाँदा राष्ट्रपति ट्रम्पको क्याम्पबाट हुने उजूरी तथा कानूनी अड्चनको पनि संगै सामना गर्दे अघि बढ्नु पर्ने अवस्था उत्पन्न हुने दृखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button