तपाईँ सुन्दै हुनुहुन्छः

करिब पौने तीन लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

सोलुखुम्बु । सोलुखुम्बुको वेनी स्वास्थ्य चौकीलाई गैरसरकारी संस्था नेपाल मेड नेपालले स्वास्थ्य सामाग्री र औषधी प्रदान गरेको छ ।

सोलुदूधकुण्ड नगरपालिका–२ वेनीमा चार जनामा कोरोना सङ्क्रमण देखा परेपछि सम्भावित स्वास्थ्य विपत्ति सामनाका लागि नेपाल मेड नेपालले दुई लाख ७७ हजार रुपियाँ बराबरको स्वास्थ्य सामग्री तथा औषधी प्रदान गरेको हो ।

स्वास्थ्य चौकीमा नेपाल मेड नेपालका प्रतिनिधि ङवाङठिले शेर्पाले स्वास्थ्य चौकी इन्चार्ज आङल्हमू लामालाई स्वास्थ्य सामाग्री र औषधी हस्तान्तरण गर्नुभएको वडा अध्यक्ष मिङ्मारदोर्जी शेर्पाले जानकारी दिनुभयो ।

जसमा अक्सिजन कन्सेन्टेटरदेखि मानव शरिरमा रोग प्रतिरोधात्मक शक्ति बृद्धि गराउने औषधीसम्म छन् । ग्रामिण भेगमा समेत कोरोनाको सङ्क्रमण फैलिरहेको अवस्थामा प्राप्त सहयोगले सम्भावित विपत्ति सामनामा टेवा पुग्ने वडा अध्यक्ष शेर्पाले बताउनुभयो ।

नेपाल मेड नेपालले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button