तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय खेलकुद परिषदका वोर्ड सदस्य कुँवरलाई अभिनन्दन

अछाम । राष्ट्रिय खेलकुद परिषदका वोर्ड सदस्य एकेन्द्र कुँवरलाई साँफेबगर नगरपालिका वडा नम्बर ९ वुढाकोटले सम्मान सहित नागरिक अभिनन्दन गरेको छ ।

वडा अध्यक्ष ध्रुव बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममका प्रमुख अतिथि वोर्ड सदस्य एकेन्द्र कुँवर रहनुभएको थियो ।

यस्तै विशिष्ठ अतिथि नेपाल कम्युनिष्ट पार्टी नेकपाका सुदूरपश्चि प्रदेश कमिटी सदस्य मिन बहादुर कुँवर रहनुभएको थियो । सयौको संख्यामा सहभागि वुढाकोट वासिले वोर्ड सदस्य नियुक्त हुनु भएकोमा खुसीयालीका साथ हुड्केली नाचसहित वाजागाजले स्वागत गरेको वडा सदस्य दिपक कुँवरले जानकारी दिनुभएको छ ।

वोर्ड सदस्य कुँवर वुढाकोट वासि हुनुहुन्छ । यस्तै वडा कार्यालयले वोर्ड सदस्य कुँवरलाई सम्मान सहित पकडी वाँधेर सम्मान गरेको वडा अध्यक्ष ध्रुव बहादुर थापाले जानकारी दिनुभएको छ । सम्मान सहित अभिनन्दन कार्यक्रममा वोल्दै उहाँले आफूले यो सम्मानले खेलकुद क्षेत्रको विकासको लागि थप जिम्मेवारी थपिएको बताउनुभयो ।

उहाँले समग्र खेलकुद क्षेत्रको विकासको लागि वोर्ड सदस्यको हैसियतले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button