तपाईँ सुन्दै हुनुहुन्छः

अछामको रामाराेशनमा एकीकृत दलित नमुना बस्ती बन्ने

अछाम – अछामको रामारोशन गाउँपालिका वडा नम्वर २ चिल्यात्त्रामा एकीकृत दलित नमूना बस्ती बन्ने भएको छ । ३ बर्ष पहिले पहिरोमा परि उच्च जोखिममा रहेका १५ वटा घरहरुलाई स्थानान्तरण गरी नयाँ दलित नमूना बस्ती निर्माण गर्न लागिएको हो ।

काैशिक निर्माण सेवा मंगलसेनले उक्त नमूना बस्ती निर्माण गर्ने ठेक्का लिएको छ । साथै १ बर्ष भित्र बस्ती निर्माण गरी सक्ने लक्ष्य रहेको छ ।

सुदुरपश्चिम प्रदेश सरकार र रामारोशन गाउँपालिकाको १ करोड ८३ लाखकाे लागतमा बस्ती बन्न लागेकाे हाे । जस अन्तर्गत प्रदेश सरकार र गाउँपालिकाकाे ५०/५० प्रतिशत लगानी रहने गाउँपालिकाका अध्यक्ष झंकर बहादुर साउँदले बताउनुभयो ।

गाउँपालिकाको गौरबको योजना अन्तर्गत उक्त जोखिममा रहेको दलितहरुको चिल्यात्त्रा बस्तीलाई अर्को स्थानमा सारेर नयाँ नमुना बस्ती निर्माण गर्न लागिएको उहाँको भनाई छ । नमूना बस्तीको शिलान्यास पनि गरिएको छ ।

गाउँपालिका अध्यक्ष साउँदले शिलान्यास गर्दै पहिराले बस्ती नै उच्च जोखिममा परेपछि स्थानीयहरुलाई नमूना बस्तीमा राख्ने योजना अब सफल हुने विश्वास व्यक्त गर्नुभयो । पालिकाका जनताहरुको जनजिविका र अन्य प्रवृत्ति हेरेर हरेक विकास निर्माणका काममा आफु लागि परेकाले सबै कामहरु पूरा गर्ने बताउनुभयो ।

अध्यक्ष साउँदले बाढी पहिरोले अहिले गाउँपालिका हरेक विकास निर्माणका कामहरुमा पछि धककेलिएको बताउदै सबै कामहरु पुरानै अवस्थामा फर्काउनको लागि गाउँपालिका लागी परेको बताउनुभयो ।

यो अप्ठ्यारो परिस्थितिमा साथ र सहयोग गरी दिन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो । यस्तै उक्त नमूना बस्तीलाई भावि दिनहरुमा पर्यटकहरुका लागी होमस्टे बनाउने लक्ष्य लिएको बताउनुभएको छ ।

बाढी पहिराले तहसनहस बनाएका अन्य बस्तीहरुलाई पनि क्रमश: रुपमा निर्माण गर्दै अगाडी बढ्ने बताउदै आफुले केन्द्र र प्रदेश सरकारसँग पहल गरीरहेको कुरा उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button