तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा दुई कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । चितवनमा दुई कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा एक जना चितवनका रहेका छन भने अर्का रुपेन्देहीका रहेका छन ।

अस्पतालका अनुसार रत्ननगरपालिका वडा नम्बर ९ का ८८ बर्षीय कोरोना संक्रमित पुरुष रहेका छन । उच्च रक्तचाप र मधुमेहको समस्या भएका उनी अस्पतालमा कात्तिक ११ गते भर्ना भएका थिए । उनको स्वाव परीक्षण गर्दा १२ गते कोरोना पुष्टि भएको थियो । अस्पतालको कोभिड आईसियु कक्षमा उपचारको आज बिहान ६ बजेर ५४ मिनेट जांँदा मृत्यु भएको अस्पतालका प्रेस संयोजक डाक्टर किशोर अधिकारीले जानकारी दिनुभयो ।

यस्तै अर्का रुपन्देही जिल्ला वुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ८४ बर्षीय पुरुषको कारोना संक्रमण मृत्यु भएको छ । अस्पतालका अनुसार उनी कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका थिए । ज्वरो, उच्चरक्तचाप र श्वास प्रश्वास को समस्या भएका उनको गएराती ११ बजेर ४७ बजे मृत्यु भएको डा अधिकारीले जानकारी दिनुभयो । उनको स्वास्थ्यमा जटिल समस्या भएपछि कोभिड आइसियु कक्षमा राखेर उपचार हुँदै आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button