तपाईँ सुन्दै हुनुहुन्छः

सुनचाँदीको भाउ ओरालो लाग्यो

काठमाडौँ । दशैँ पछिको पहिलो कारोबार दिन बिहीवार सुनचाँदीको भाउ ओरालो लागेको छ । बिहीबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसअघि कार्तिक ६ गते सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि बिहीबार तोलामा ५० रुपैयाँले घटेको छ । यसदिन चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा किनबेच भएको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्य ओरालो लागेको छ । यस दिन सुन प्रति आउन्स एक हजार ८८३ डलर भन्दा बढिमा किनबेच भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button